![](https://www.imagekhabar.com/wp-content/uploads/2024/12/kirtipur-cricket-maidan-2-1.jpg)
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज पोखरा र विराटनगर तथा जनकपुर र काठमाडौंबिच खेल हुनेछ ।
त्रिवि क्रिकेट मैदान, किर्तीपुरमा बिहान ९ बजे शुरु हुने खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स भिड्ने छन् । तालिकाको पुछारको दुई टोलीबिचको यो भिडन्तमा विजयी हुने टोलीको प्ले–अफ् संभावना जिवित रहन्छ । पराजित हुने टोली भने समुह चरणबाटै बाहिरिने निश्चित हुनेछ । लिगमा चार खेलबाट दुवै टोलीको समान दुई अंक छ ।
आजै दिउँसो हुने खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज भिड्नेछन् । लिगमा ५ खेलबाट ८ अंक जोडेको जनकपुर तालिकाको दोस्रो स्थानमा छ भने ४ खेलबाट ४ अंक जोडेको काठमाडौं पाँचौ स्थानमा छ । आजको खेल जितेको खण्डमा जनकपुरले प्ले–अफ्मा स्थान सुरक्षित गर्नेछ ।
एनपिएल क्रिकेटमा हिजोका खेलहरुमा सुदुरपश्चिम र काठमाडौं विजयी भए । काठमाडौँले लुम्बिनी लायन्सलाई १८ रनले हराउँदा सुदुरपश्चिम रोयल्स्ले जनकपुरलाई ७२ रनले पराजित ग¥यो ।
प्रतिक्रिया दिनुहोस्