७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


काभा मेन्स भलिबलमा इरान यु १८ सेमिफाइनलमा


0
Shares

काठमाडौं । इरानको यु–१८ टिमले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पार्दै काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतको क्यालीकटलाई सोझो सेटमा पराजित गर्दै इरानको युवा टिम एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको क्यालीकट र इरानको टिमबीचको खेल प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको थियो । तर इरानको युवा खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रह्यो । पहिलो सेट प्रतिष्पर्धात्मक बनेपनि २७–२५ ले इरानले जित्यो । एक सेट गुमाएपछि दोस्रो सेटमा पनि क्यालीकट खेलमा फर्कन सकेन । सहजै इरानको यु–१८ टिमले २५–२२ ले जित्यो ।

खेलमा दुई शुन्यको स्पष्ट अग्रता कायम ग¥यो । २५–२० ले तेस्रो सेट पनि सहजै इरानले जित्यो । यो सोझो सेटको जितमा इरानले लगातार तेस्रो जित सहित ७ अंक बनाएको छ । इरानले यसअघि पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई र दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३–२ को सेटमा हराएको थियो । पराजित क्यालिकटको भने यो दोस्रो हार हो ।

क्यालीकट पहिलो खेलमा टिमटप हेल्प नेपालसँग हारेको थियो । दोस्रो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई हराएपनि आज इरानसँग सोझो सेटमा पराजित भयो। उसले तीन खेलबाट मात्र ४ अंक बनाएको छ ।