काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज पनि दुई खेल हुनेछन् । बिहान ९ बजे शुरु हुने खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्ने छन् । यस्तै दिउँसो १ बजे विराटनगर किंग्सले चितवन राइनोजसँग खेल्नेछ ।
जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार काठमाडौं गुर्खाजलाई पाँच विकेटले हराउँदै जनकपुर प्लेअफमा पुगेको हो । जनकपुरले अब शनिबार लिगचरणको अन्तिम खेलमा चितवन राइनोजसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्