काठमाडौं, माघ २२ । आइसीसी क्रिकेट वर्ल्डकप लिग–२ अन्तर्गत् ओमानविरुद्धको खेलमा नेपालले १९८ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनायो । ओमानका लागि मोहम्मद नदीमले सर्वाधिक ६९ रन बनाए । यसैगरी, सन्दीप गौडले ३३ रन…