३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


सहाराको विजयी सुरुआत


0
Shares

पोखरा, फागुन २२ । आयोजक सहारा क्लबले पोखरामा बिहीबारबाट सुरु भएको आहा ! रारा गोल्डकप फुटबलमा विजयी सुरुआत गरेको छ ।

ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँग पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सहारा ३–२ ले विजयी भयो ।

निर्धारित् ९० मिनेटको खेल समान २–२ को बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै सहारालाई जित दिलाएका हुन् ।

यसअघि, सहाराका लागि त्रिदेव र विदेशी खेलाडी सीवी विरिचले एक/एक गरेका थिए ।

यस्तै, बीबीसीका लागि राजेश परियार र विजय गुरुङले एक/एक गोल गरेका थिए ।

सहाराले अब नेपाल पुलिस क्लबसँग क्वार्टरफाइनल खेल्नेछ ।

शुक्रबार सशस्त्र प्रहरीको एपीएफ र झापा–११ फुटबल क्लबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले उद्घाटन गरेका थिए ।

थ्रीस्टार क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ–मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, एपीएफ, संकटा क्लब, झापा–११, भारतको गान्तोक सिटी फुटबल क्लब, ब्रिगेड ब्वाइज र आयोजक सहारा प्रतिस्पर्धामा छन् ।

‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लबले भने यो वर्ष सहभागिता जनाएको छैन ।

प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगिता पोखरा रंगशालामा १ चैतसम्म चल्नेछ ।