
इलाम, फागुन २२ । आयोजक माइभ्याली फुटबल क्लब इलाममा जारी माइभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ‘सडनडेथ’मा ५–४ ले पराजित गर्दै माइभ्याली फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित् ९० मिनेटको समयमा दुवैतर्फबाट एक–एक गोलको बराबरी भएपछि थपिएको अतिरिक्त समयमासमेत खेल बराबरीमा सकिएपछि सडनडेथको आधारमा खेलको निर्णय भएको हो ।
खेलको ‘म्यान अफ दी म्याच’ माइभ्यालीका गोलकिपर देव लिम्बू घोषित भए ।
माइभ्यालीले अब उपाधिका लागि शनिबार मच्छिन्द्र क्लबसँग फाइनल खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्