काठमाडौं, फागुन २५ । विश्वकप महिला ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । मेलबर्नमा आइतबार भएको फाइनलमा भारतमाथि ८५ रनको शानदार जित निकाक्दै घरेलु टोली अष्ट्रेलियाले उपाधि जितेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर एक सय ८४ रन जोड्यो । पहिलो विकेटका लागि एक सय १५…