काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत् पुरुष भलिबलको स्वर्णपदक भारतले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा पाकिस्तानलाई ३–१ ले हराउँदै भारतले स्वर्ण जितेको हो । पहिलो सेट पाकिस्तानले २५–२० अंकले जितेको थियो । त्यसपछि भारतले लगातार तीन सेट जित्यो । भारतले दोस्रो सेट २५–१५, तेस्रो…