४ फाल्गुन २०८१, आइतबार | Mon Feb 17 2025


महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई


0
Shares

काठमाडौं, फागुन २५ । विश्वकप महिला ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।

मेलबर्नमा आइतबार भएको फाइनलमा भारतमाथि ८५ रनको शानदार जित निकाक्दै घरेलु टोली अष्ट्रेलियाले उपाधि जितेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर एक सय ८४ रन जोड्यो ।

पहिलो विकेटका लागि एक सय १५ रनको साझेदारी गर्ने क्रममा बेथ मुनीले अविजित ७८ तथा एलिसा हेलीले ७५ रन बनाइन् ।

जवाफमा भारतले १९ ओभर १ बलमै अलआउट हुँदै ९९ रनमात्र बनाउन सक्यो । भारत पहिलो पटक फाइनलमा पुगेको थियो भने छैटौं फाइनल खेलेको अष्ट्रेलियाले पाँचौ पटक उपाधि जितेको हो ।