५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


मच्छिन्द्र माइभ्याली गोल्डकप च्याम्पियन


0
Shares

इलाम, फागुन २४ । इलाममा सम्पन्न माइभ्याली गोल्डकप फुटबलको उपाधि घरेलु लिग विजेता मच्छिन्द्र क्लबले जितेको छ ।

इलामको ठूलो टुँडिखेलमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक माइभ्यालीलाई १–० ले पराजित गर्दै मच्छिन्द्रले उपाधि उचालेको हो ।

निर्धारित् समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा मच्छिन्द्रका विदेशी खेलाडी एन्ड्रेस नियाले गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।

उपाधिसँगै मच्छिन्द्रले ८ लाख रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता माइभ्यालीले ५ लाख रुपैयाँमा चित्त बुझाउनुपर्‍यो ।