काठमाडौं । काराबाओ कप फुटबलको सेमिफाइनल पहिलो लेगको खेलमा लिभरपुलले फुल्हमलाई २–१ ले हराएको छ । बुधबार राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन कर्टिस जोन्स र कोडी ग्याक्पोले एक एक गोल गरे । फुल्हमका लागि विलियनले पहिलो गोल गरेका थिए । यो जितसँगै लिभरपुलले प्रतियोगिताको फाइनलमा पुग्ने संभावना बलियो पारेको छ । दुई…