७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


इंग्लीश प्रिमियर लिग फुटबलमा आज आठ खेल


351
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आज आठ खेल हुँदैछन् । आज पहिलो खेलमा म्यान्चेष्टर सिटी र एभर्टन भिड्नेछन् । पछिल्लो समय निकै कमजोर प्रदर्शन गरिरहेको म्यान्चेस्टर सिटी १७ खेलबाट २७ अंकसहित तालिकाको सातौ स्थानमा रहेको छ ।

आजै राति पौने ९ बजे पाँच खेल हुनेछन् । चेल्सीले फुल्हमको सामना गर्दा बर्नमाउथ र क्रिस्टल प्यालेस, न्युकासल युनाइटेड र एष्टन भिल्ला, नटिङ्घम फरेष्ट र टोटनह्याम तथा साउथह्याम्पटन र वेष्टह्याम युनाइटेड भिड्नेछन् ।

राति सवा ११ बजे म्यान्चेष्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्सको सामना गर्दा बिहान पौने दुई बजे लिभरपुलले लेष्टर सिटीसँग खेल्नेछ । प्रिमियर लिगमा १६ खेलबाट ३९ अंकसहित लिभरपुल पहिलो स्थानमा छ । ३५ अंकको चेल्सी दोस्रो स्थानमा छ भने आर्सनल ३३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।