काठमाडौं । जनकपुर बोल्ट्सले पहिलो नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन् ।
हिजो भएको एनपिएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराएर उपाधि चुमेको थियो । यसैको खुशीयालीमा साधुसन्तहरुलाई बोलाएर भण्डारा गरिएको श्री महावीर युवा कमिटी, जनकपुरधामका उपाध्यक्ष सरोजकुमार चौधरीले बताउनुभयो ।
उपाध्यक्ष चौधरीले फाइनल अघि जनकपुरको जितका लागि पूजा आराधना, हवन समेत गरेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्