१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


महिला लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि हुँदै


351
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको अन्तिम चरणका खेलहरु आजबाट शुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा हुने अन्तिम चरणको लिगमा ५ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

गत भदौ अन्तिममा भएको पहिलो चरणको लिगमा सहभागी दश टोलीमध्येका शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका हुन् । अन्तिम चरणका लागि छनोट भएको कोशी प्रदेशले आर्थिक कारणले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि छैठौं स्थानको बागमती युथ क्लबले अन्तिम चरण खेल्ने अवसर पाएको छ ।

माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र बागमती युथ क्लबले सहभागिता जनाउँदै छन् । अन्तिम चरणमा कुल २४ खेल हुनेछन् । पहिलो खेलमा आज दिउँसो ३ बजे त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लब भिड्दैछन् ।