चितवन, मंसिर ३० । गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताको उपाधि राप्ती टिमले जितेको छ । मंगलबार चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनलमा नारायणी टिमलाई ९ रनले पराजित गर्दै राप्तीले उपाधि जितेको हो । खेलमा १४४ रनको चुनौती पछ्याएको नारायणीले निर्धारित् २० ओभरमा ९ विकेट गुमाएर १३४ रनमात्र बनाउन सक्यो । आरिफ…