काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को एक फ्रेन्चाइज टीम दिल्ली क्यापिटल्सले बुधबार आफ्ना अक्सन अघिका (रिटेन) खेलाडीहरूको सूची सार्वजनिक गर्यो । उक्त सूचीबाट नेपाली क्रिकेटर सन्दीप लामिछानेको नाम हटेको थियो । दिल्लीले सन्दीपसँगको तीनवर्षको सम्झौता सकिएसँगै उनलाई रिलिज गरेको हो । सन्दीपलाई रिटेन खेलाडीको सूचीमा नदेखेपछि नेपाली समर्थकहरूले दिल्ली क्यापिटल्सको फेसबुक पेज अनलाइन गर्न थालेका…