पुलिस र लुम्बीनीको खेल जारी, एपिएफ र गण्डकीको खेल मूलपानीमा • Image Khabar Image Khabar


पुलिस र लुम्बीनीको खेल जारी, एपिएफ र गण्डकीको खेल मूलपानीमा


Imagekhabar
८ माघ २०७७, बिहीबार ११:२३

पुलिस र लुम्बीनीको खेल जारी, एपिएफ र गण्डकीको खेल मूलपानीमा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल भईरहेका छन् । अहिले कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबबिच खेल भईरहेको छ ।

खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि पुलिस क्लब पहिले व्याटिङ गरिरहेको छ । पहिलो खेलमा जित हात पारेको लुम्बिनी आज दोस्रो खेलमा पनि सोही लय दोहोर्‍याउन चाहन्छ । पुलिस क्लबको भने आज तेस्रो खेल हो । यसअघिका दुई खेलमध्ये पुलिसले एक खेल जितेको छ भने एक खेल हारेको छ ।

आजको अर्को खेलमा मूलपानी मैदानमा सशस्त्र प्रहरीको एपीएफ टिम र गण्डकी प्रदेश भिडिरहेका छन् । खेलमा एपिएफले टस जितेर फिल्डिङ रोजेपछि गण्डकीले व्याटिङ गरिरहेको छ । जारी प्रतियोगितामा पहिलो खेल जितेको एपिएफका लागि आज दोस्रो खेल हो । चौथो खेल खेलिरहेको गण्डकीले भने दुईमा हार र एकमा जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्