काठमाडौं । दशरथ रङ्गशालामा हुने त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आफूहरूले नै जित्ने तीनै देशले दावी गरेका छन् । नेपाल, बंगलादेश र कीर्गिस्तानबीच मंगलबारदेखि हुन लागेको प्रतियोगिताको उपाधि आफूहरूले नै जित्ने दाबी तीनवटै देशको रहेको छ । सोमबार आयोजित प्रतियोगिता अगाडिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले उत्कृष्ट प्रदर्शनका लागि…