एएफसी अवार्ड लगातार दोस्रो वर्ष रद्द, अर्को संस्करणको अवार्ड कतारको दोहामा हुने « Image Khabar


एएफसी अवार्ड लगातार दोस्रो वर्ष रद्द, अर्को संस्करणको अवार्ड कतारको दोहामा हुने


Imagekhabar
४ श्रावण २०७८, सोमबार १३:०२

एजेन्सी । कतारको दोहामा तय भएको एएफसी अवार्ड २०२१ रद्द भएको छ । कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै अवार्ड रद्द गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले जनाएको छ ।

एएफसीको आज बसेको कार्यकारी समितिको बैठकले एएफसी अवार्ड यस वर्ष आयोजना नगर्ने निर्णय गरेको हो । कतार फुटबलसँगको छलफलपछि अवार्ड रद्द गरिएको एएफसीले जनाएको छ ।

कोरोनाको कारण एएफसी अवार्ड लगातार दोस्रो वर्ष रद्द भएको हो ।
यसैबीच, २०२२ को संस्करणको अवार्ड कतारको दोहामै गरिने एएफसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्