एजेन्सी । जर्मनीका अलेक्जेण्डर भेरेभ र ब्रिटेनकी इम्मा राडुकानु युएस अोपन टेनिसको सेमिफाइनलमा पुगेका छन् । अमेरिकाको न्युयोर्कमा जारी वर्षको अन्तिम ग्राण्ड स्लाम टेनिसको क्वाटरफाईनलमा स्विट्जरल्याण्डकी बेलीन्डा बेन्सीकलाई सोझो सेटमा हराउँदै राडुकानु सेमिफाईनलमा पुगेकी हुन् । बेन्सीकविरुद्धको खेल राडुकानुले ६–३ र ६–४ को सोझा् सेटमा जितिन् । युएस ओपनको डेब्युमै सेमिफाईनलमा पुग्न सफल राडुकानुले अब…