एजेन्सी । रुसी टेनिस खेलाडी डानियल मेदभेदेब युएस ओपनको सेमिफाइनल प्रवेश गरेका छन् । क्वाटरफाइनलमा नेदरल्याण्ड्सका खेलाडी बोटिक भान डे ज्याण्डस्लपलाई हराँउदै दोस्रो वरियताका मेद्बेदेभ सेमिफाईनलमा पुगेका हुन् ।
डच खेलाडी विरुद्धको खेल मेद्बेदेभले ६–३, ६–०, ४–६ र ७–५ को सेटमा जिते । मेद्बेदेभले अब फाइनल प्रवेशका लागि क्यानाडाका खेलाडी फेलिक्स औगरको सामना गर्नेछन् । क्वाटरफाईनलमा स्पेनिस प्रतिद्धन्दी कार्लोस अल्कारेज दोस्रो सेटमा रिटायर भएपछि फेलिक्स सेमिफाईनलमा पुगेका हुन् ।
उता महिलतर्फ क्यानडाकी टिनएजर लेला फर्नान्डेज सेमिफाइनलमा पुगेकि छिन् । क्वाटरफाईनलमा पाँचौ वरियताकी एलिना भितोलिनालाई ६–३, ३–६ र ७–६ ले हराउदै फर्नान्डेज अन्तिम चारमा पुगेकी हुन् । फर्नान्डेज पहिलो पटक कुनैपनि ग्रान्ड स्लाम टेनिसको सेमिफाइनलमा पुग्न सफल भएकी हुन् । फर्नान्डेजले अब सेमिफाईनलमा बेलारुसकी एरिना साबालेन्काको सामना गर्नेछिन् ।
प्रतिक्रिया दिनुहोस्