काठमाडौं, भदौ २३ । एभरेष्ट प्रिमियर लिग क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
जसमा उद्घाटन खेलमा काठमाडौं किंग्स ११ र साविक विजेता ललितपुर प्याट्रियट्सविच प्रतिस्पर्धा हुने भएको छ ।
असोज ९ बाट सुरु हुने इपिएलको चौथो संस्करणमा साविक विजेता ललितपुरले काठमाडौंसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्ने छ ।
असोज १० गते हुने दोस्रो खेलमा विराटनगर वारियर्स र चितवन टाइगरले प्रतिस्पर्धा गर्नेछन् । त्यही दिन अर्को खेलमा गत संस्करणको उपविजेता भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज भिड्नेछन् ।
विभिन्न सहरका ६ फ्रेन्चाइज टोलीको सहभागितामा हुने प्रतियोगिता असोज २३ सम्म चल्नेछ ।
६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछ ।
यो पटक यो प्रतियोगिताको प्रशारण विश्वका एक सय ४० भन्दा बढि देशमा हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्