७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


जर्मनी र इटाली विजयी


0
Shares

एजन्सी । विश्वकप फुटबल छनौटअन्तर्गग गएराती भएका खेलहरुमा जर्मनी र इटाली विजयी हुँदा इंग्ल्याण्डलाई पोल्याण्डले बराबरीमा रोकेको छ ।

समूह सि को खेलमा युरोपियन च्याम्पियन इटालीले लिथुआनियालाई ५–० ले पराजित ग¥यो । यही समुहको अर्को खेलमा नर्दन आयरल्याण्ड र स्विट्जरल्याण्डले गोलरहित बराबरी खेले ।

उता समूह ई मा बेल्जीयमले बेलारुसलाई १–० ले हराउँदा वेल्स र इस्टोनियाले गोलरहित बराबरीमा चित्त बुझाए । यसैगरी समुह आई मा इंग्ल्याण्डले पोल्याण्डसँग १–१ गोलको बराबरी खेल्दा हंगेरीले एण्डोरालाई २–१ ले तथा अल्बानियाले सान मारिनोलाई ५–० ले पाखा लगायो ।

विश्वकप छनौटमा सबै खेल जित्दै आएको इंग्ल्याण्डको यो पहिलो बराबरी हो । यसैगरि समूह जि मा जर्मनीले आइसल्याण्डलाई ४–० ले हरायो । समूह बि मा ग्रिसले स्विडेनलाई २–१ ले पराजित गर्दा स्पेनले कोसोभोमाथि २–० को जित निकाल्यो ।