एजेन्सी । एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित निकालेको छ । ढाकामा आज भएको खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो । बंगलादेशमाथि नेपालले २५–५, २५–१५ र २५–१७ को सेटमा जित निकालेको हो । यो जितसँगै नेपालले फाइनलको यात्रा निकै बलियो बनाएको…