८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


१९ वर्षमुनिको एसिया कपमा बंगलादेशद्वारा नेपालसामु २ सय ९८ रनको लक्ष्य


247
Shares

काठमाडौं । १९ वर्षमुनिको एसिया कप एकदिवसीय क्रिकेटमा बंगलादेशले नेपालसामु २ सय ९८ रनको लक्ष्य दिएको छ ।

युनाइटेड अरब इमिरेट्स (युएई)को सारजाह मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रन बनाएको हो ।

उसका लागि प्रन्तिक नवरोज नबिलले अविजित रहँदै सर्वाधिक १ सय २७ रन बनाए । यस्तै, मोहम्मद फहिमले ५८ रन बनाए ।

नेपालका गुल्सन झा, टीका भण्डारी र मोहम्मद अदिल आलमले समान एक–एक विकेट लिए ।

नेपालले अब केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

नेपाल आज बंगलादेशलाई हराएर सुखद सुरुवातको योजनामा रहेको छ । तर, नेपाललाई जित निकाल्न सहज भने छैन ।

बंगलादेश पनि नेपाललाई हराएर विजयी सुरुवात गर्न चाहन्छ । पछिल्लो चार भेटमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन ।

समूह बी मा रहेको नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन । दुबै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ । फाइनल भने जनवरी १ मा हुने तालिका रहेको छ ।