काभ्रे । ललितपुरको फूलचोकी डाँडादेखि काभ्रेको पनौती नगरपालिका–२ गुर्दुम डाँडासम्म साहसिक साइकल ट्रेल निर्माण गरिएको छ । ट्रेलको शनिबार पनौती नगरपालिकाका उप–प्रमुख गिता बञ्जाराले उद्घाटन गर्नुभयो । पनौती नगरपालिकाले ८ लाख रुपैयाँको लागतमा साइकल ट्रेल निर्माण गरेको हो । २२ दिनमा ट्रयाक निर्माण सम्पन्न भएको पनौती नगरपालिका–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो । उक्त…