आर्सनल फुटबल क्लबमा आवद्ध १२ वर्षीय खेलाडी भोजपुरमा « Image Khabar


आर्सनल फुटबल क्लबमा आवद्ध १२ वर्षीय खेलाडी भोजपुरमा


2.86k
Shares

भोजपुर । विदेशी फुटबल संस्था आर्सनलसँग आवद्ध भएर विगत ६ वर्षदेखि फुटबल खेल्दै आएका १२ वर्षीय सौरप राई यतिबेला जन्मभूमि नेपाल आएका छन् ।

भोजपुरमा जन्मिएर अन्तर्राष्ट्रिय बाल खेलाडीमा स्थापित राई बेलायतको लामो बसाइपछि छुट्टीमा नेपाल आएका हुन् । अहिले बिदाको समयमा भोजपुर आएका उनी स्थानीयसँग घुलमिल भइरहेका छन् ।

नेपाली फूटबलको पछिल्लो समयमा भएको प्रगतिले राई उत्साहित छ । नेपालले फुटबलमा राम्रो गर्दा खुसी लाग्ने भन्दै उनले आफूले सक्ने सहयोग गर्ने बताए ।

पेशा व्यवसाय र जागीरको क्रममा स–परिवार बेलायत गएको र छोराले सानैदेखि फुटबल खेल्न सुरु गरेको उनका बुबा रञ्जित राई बताउनुहुन्छ । बसाइ बेलायत भए पनि सौरपले नेपालीको रूपमा पहिचान दिँदै आएको उनको भनाइ छ ।

नेपालका अन्तर्राष्ट्रिय बाल खेलाडी सौरप अर्थात लिटिल मेस्सीले आज नेपाललाई प्रतिनिधित्व गर्दै विश्वभर खेल क्षेत्रमा देखाएको चमत्कार प्रशंसायोग्य छ ।

अद्भुत क्षमता भएका यस्ता बालबालिकाहरूलाई राष्ट्रले पनि सम्मान तथा प्रोत्साहन गर्न आवश्यक छ ।