हरभजन सिंहद्वारा क्रिकेटबाट सन्यास, राजनीतिमा लाग्नसक्ने आँकलन « Image Khabar


हरभजन सिंहद्वारा क्रिकेटबाट सन्यास, राजनीतिमा लाग्नसक्ने आँकलन


871
Shares

एजेन्सी । भारतीय टीमका स्टार स्पिनर हरभजन सिंहले क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

शुक्रबार ट्वीट गर्दै सिंहले २३ वर्षे लामो क्रिकेट करिअरमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।

४१ वर्षीय सिंहले भारतको तर्फबाट १ सय ३ टेस्ट क्रिकेट खेल्दा ४ सय १७ विकेट लिएका छन् । यस्तै एक दिवसीय क्रिकेटका २ सय ३६ खेल खेल्दा २ सय ६९ विकेट लिएका छन् ।

टी–२० क्रिकेट भने कम मात्र खेलेका छन् । उनले २८ गेम खेल्दा २५ विकेट लिएका छन् । टेस्टमा दुई शतक उनको नाममा छ ।

केही दिन अघि पूर्व क्रिकेटर तथा पञ्जाब कांग्रेसका अध्यक्ष नवजोद सिंह सिद्धूले ट्वीटरमा सिंहसँगको तस्वीर राख्दै सम्भावनाले भरिएको तस्वीर क्याप्सन लेखेका थिए ।

सिद्धूले तस्वीर राखेपछि धेरैले सिंह राजनीतिमा आउनसक्ने आँकलन गरिएको छ । आगामी वर्ष पञ्जाबमा विधानसभा चुनाव हुँदैछ ।