काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध फिल्डिङ गरिरहेको नेपालले तेस्रो सफलता पाएको छ । आइतबार भारतको मुम्बईस्थित वान्खेडे रंगशालामा टस जितेर ब्याटिङमा उत्रिएको इंग्ल्यान्डको सातौँ ओभरको पहिलो बलमा नेपालका सन्दीप लामिछानेले टिमका निम्ति तेस्रो विकेट लिएका हुन् । सन्दीपले टम बेन्टमलाई एलबीडब्ल्यूको धरापमा पारे । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाल र इंग्ल्यान्डबीच यो…