काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर र कुरासाओले बराबरी खेलेका छन् ।
कान्सास सिटीमा आइतबार बिहान सम्पन्न भएकाे खेलमा दुवै टोलीले गोलरहित बराबरी गर्दै अंक बाँडेका हुन् । जारी विश्वकपमा दुई खेल खेलका इक्वेडर र कुरासाओले समान १–१ अंक बनाएका छन् । विश्वकपमा पहिलो पटक सहभागी भएको कुरासाओका लागि यो गोल ऐतिहासिक बनेको हाे ।
यो नजितासँगै दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन बनेको छ । यसअघिको पहिलो खेलमा कुरासाओ जर्मनीसँग र इक्वेडर आइभरीकोष्टसँग पराजित भएका थिए । अब समूहको अन्तिम खेलमा इक्वेडरले जर्मनी तथा कुरासाओले आइभरकोष्टसँग खेल्ने भएका छन् ।









प्रतिक्रिया दिनुहोस्