Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


फिफा विश्वकप फुटबलमा मेक्सिकाेकाे लगातार दोस्रो जित

दक्षिण कोरिया भने १-० गोल अन्तरले पराजित

13
Shares

काठमाडाैं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ मा घरेलु टोली मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

मेक्सिकोमा शुक्रबार बिहान सम्पन्न भएकाे खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको हो । खेलको ५०औं मिनेटमा मिडफिल्डर लुइस रोमोले गरेको गोल नै निर्णायक बन्यो । दक्षिण कोरियाका गोलरक्षक किम सिउङग्युले नियन्त्रण गर्न नसकेको बल रोमोले खाली पोस्टमा सहज गोल गरेका थिए।

दक्षिण कोरियाले खेलमा फर्किने प्रयास गरे पनि अन्तिम समयमा गोलरक्षक राउल राङ्गेल ले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाएका थिए। कप्तान सोन ह्युङ–मिन को पहिलो हाफको प्रयास भने अफसाइडका कारण गोलमा परिणत हुन सकेन। याे जितसँगै मेक्सिको समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ। मेक्सिकोले अब समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे।

त्यस्तै, यसअघि शुक्रबारै भएका खेलमा क्यानाडाले कतारलाई ६–० गोल अन्तरले पराजित गरेकाे थियाे । स्विट्जरल्यान्डले पनि बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ गोल अन्तरले पराजित गरेको छ । साथै चेक गणतन्त्र र दक्षिण अफ्रिकाले भने १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्।

Skip This