Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


फिफा विश्वकप फुटबलमा कोलम्बियाकाे विजयी शुरूवात

उज्बेकिस्तान भने ३-१ गोल अन्तरले पराजित

0
Shares

काठमाडाैं । फिफा विश्वकप फुटबलमा कोलम्बियाले विजयी शुरुवात गरेको छ ।

मेक्सिको सिटी स्टेडियममा बिहीबार सम्पन्न भएकाे खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ गोल अन्तरले पराजित गरेकाे हाे । याे जितसँगै कोलम्बियाले महत्त्वपूर्ण तीन अंक जोडेको छ । कोलम्बियाको जितमा खेलको ४०औँ मिनेटमा ड्यानियल मुन्योसले गोल गर्दै अग्रता बनाएका थिए । पहिलो हाफ १–० को अवस्थामा सकिएको खेलमा उज्बेकिस्तानले दोस्रो हाफको ६०औँ मिनेटमा अब्बोसबेक फैजुल्लाएभको गोलमार्फत खेल बराबरीमा ल्यायो ।

तर त्यो खुशी लामो समय टिक्न सकेन । ६५औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुनः २–१ को अग्रता दिलाए । दोस्रो हाफमा उज्बेकिस्तानले दबाब सिर्जना गरे पनि बराबरी गोल निकाल्न सकेन । इन्जुरी समयको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले गोल थपेपछि कोलम्बियाले ३–१ गोलको जित सुनिश्चित गर्‍यो।

कोलम्बियाले समूह ‘के’ मा महत्त्वपूर्ण तीन अंक जोडेको छ। यसै समूहको बिहीबार बिहान भएकाे खेलमा पोर्चुगल र कङ्गोले १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।