Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


फिफा विश्वकप : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित


52
Shares

काठमाडाैं । फिफा विश्वकपमा शुक्रबार हाइटीविरुद्ध ब्राजिलले शानदार जित निकालेको छ।

फिलाडेल्फिया स्टेडियममा सम्पन्न समूह सी को यो खेलमा हाइटीविरुद्ध ब्राजिलले ३-० को गोलको अन्तरले जित निकालेको हो।

खेलको ४५ प्लस ३ मिनेटमा भिनिसियस जुनियरले तेस्रो गोल गर्दै ब्राजिलको अग्रता कायमै गरेका थिए। यसैगरी, खेलको ३६औँ र २३औँ मिनेटमा फरवार्ड म्याथ्यूस कुन्हाले दोस्रो र पहिलो गोल गरेर ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।

यी दुई टोली अन्तिम पटक २०१६ कोपा अमेरिकामा भेटेका थिए, जहाँ ब्राजिलले हाइटीलाई ७-१ को विशाल अन्तरले पराजित गरेको थियो। विश्वकप इतिहासमा यी दुई टोली पहिलो पटक आमनेसामने भएका थिए।