काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज (शनिबार) पाँचौं तथा अन्तिम टि-२० अन्तराष्ट्रिय खेलमा पाहुना टोली युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्ने भएकाे छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र युगान्डाबीचको खेल शनिबार दिउँसो १ बजे सुरु हुनेछ । नेपाल र युगान्डाका लागि अन्तिम खेल प्रतिष्ठाको लडाईको रुपमा रहेको छ ।…