१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रिमियर लिगमा क्रिष्टल प्यालेसलाई हराउदै एभर्टन जोगियो


143
Shares

काठमाडौं । क्रिष्टल प्यालेसलाई हराउदै एभर्टन इंग्लीश फुटबलको शीर्ष डिभिजन प्रिमियर लिगमा जोगिएको छ ।

यो सिजन खराब प्रदर्शन गरेको एभर्टन बिहीबार रातीकाे खेलअघिसम्म पनि रेलिगेशनको जोखिममा थियो । तर बिहीबार रातीको खेलमा क्रिष्टल प्यालेसमाथि ३–२ को पुनरागमन जित निकाल्दै एभर्टन प्रिमियर लिगमा जोगिएको हो । खेलमा प्यालेसका जाँ फिलिप माटेटा र जोर्डन आयुले १-१ गोल गरेपछि ३६ औं मिनेटमा एभर्टन २–० ले पछि परेकाे छ ।

तर फ्राङ्क लाम्पार्डको प्रशिक्षणमा रहेको एभर्टनका लागि माइकल किन, रिचार्लीसन र काल्भर्ट लेविनले १-१ गोल गर्दै ३–२ को जित निकाले काे हाे । यो जितसँगै ३७ खेलबाट ३९ अंक जोडेको एभर्टन तालिकाको १६ औं स्थानमा सुरक्षित भएको छ । ३५ अंक जोडेका बर्न्ले र लिड्स युनाइटेडमध्ये एक टोली रेलीगेशनमा झर्ने निश्चित भएको छ । प्रिमियर लिगबाट यो सिजन नरिच सिटी र वाट्फोर्ड रेलीगेशनमा परिसकेका छन् ।

लिगको उपाधिका लागि भने शीर्ष स्थानको म्यान्चेस्टर सिटी र दोस्रो स्थानको लिभरपुलबीच एक अंकको दूरी रहेकाे छ ।