नेपाल र युगाण्डाबीचको तेस्रो टी–ट्वान्टी क्रिकेट खेल आज हुँदै « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


नेपाल र युगाण्डाबीचको तेस्रो टी–ट्वान्टी क्रिकेट खेल आज हुँदै


104
Shares

काठमाडौं । नेपाल र युगाण्डाको महिला क्रिकेट टोलीबीचको तेस्रा टी–ट्वान्टी क्रिकेट म्याच बिहीबार हुँदैछ ।

किर्तीपुरस्थित टियु क्रिकेट मैदानमा हुने यो खेल जित्दै नेपाल ५ खेलको श्रृंखला जोगाउन चाहन्छ । दिउँसो १ बजे सुरु हुने यो खेल हारेको अवस्थामा नेपालले श्रृंखला गुमाउनेछ ।

यसअघिका दुई खेल गुमाईसकेको नेपाल श्रृंखलामा २–० ले पछि परेको छ । पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाल १ विकेटले पराजित भएको थियो ।

घरेलु टोली नेपालले श्रृंखलामा सोचे अनुसारको प्रदर्शन गर्न सकिरहेको छैन ।