काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । सोमबार क्यानले प्रेस विज्ञप्ती जारी गरेर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नियुक्त गरेको जनाएको हो । पूर्व प्रशिक्षक पुबुदु दाशानायकेले कार्यकाललाई ७ महिनामा नै टुङ्गाएपछि क्यानले नयाँ प्रशिक्षक खोजिरहेको थियो ।…