काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कारवाही हुने भएको छ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले पत्रकार सम्मेलनमार्फत रोनाल्डोलाई उनको व्यवहारका कारण कारवाही हुने बताएका हुन् । टोटेनह्यामविरुद्ध खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिर्न नमान्दै रोनाल्डोले मैदान छाडेका थिए । खेलको अन्तिम समयतिर युनाइटेड २–० को अग्रतामा रहँदा टेन हागले रोनाल्डोलाई मैदान…