Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई ३–२ ले पराजित गरेकाे छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन बकायो साकाले दुई गोल गर्दा मार्टीनेलीले एक गोल थपेका हुन् । लिभरपुलका डार्वीन नुनेज र रोबर्टो फर्मिनोले १–१ गोल गरेका छन् । जितसँगै आर्सनल प्रिमियर लिगको अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ…