ब्राजिलका एथलेटिक्स खेलाडी लिएन्ड्रोको गोली हानी हत्या « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


ब्राजिलका एथलेटिक्स खेलाडी लिएन्ड्रोको गोली हानी हत्या


312
Shares

काठमाडौं । ब्राजिलको एथलेटिक्स जिउ जित्सु च्याम्पियन लिएन्ड्रो लोको गोली हानी हत्या गरिएको छ ।

ब्राजिलको साउ पाउलोस्थित नाइट क्लबमा ड्युटीबाहिर रहेका प्रहरीले उनको गोली हानी हत्या गरेको हो । गोली प्रहार लगत्तै फरार भएका प्रहरीको खोजी कार्य भने जारी रहेकाे छ । टाउकोमा गोली लागेका लोको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

उनको ब्रेरेन डेडका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । ३३ वर्षीय लोले ब्राजिलका लागि ८ वर्षसम्म एथलेटिक्समा लगातार स्वर्ण पदक दिलाएका थिए ।