काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले पहिलो जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति डच क्लब आयाक्सलाई २–१ ले पराजित गर्दै लिभरपुलले पहिलो जित निकालेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह र जोएल माटिपले गोल गरे । आयाक्सका मोहम्मद कुडुसले एक गोल फर्काए । खेलको १७ औं मिनेटमा सलाहले गोल गर्दै…