
काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटमा आज बुधबार नेपालले घरेलु टोली बहराइनसँग खेल्दैछ ।
बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने खेलमा नेपालले बुधबार तेस्रो खेल बहराइनसँग खेल्न लागेको हो । नेपाल र बहराइनबीचको खेल राति पौने १२ बजे सुरु हुनेछ ।
यसअघिका दुई खेलमा पराजित भएको नेपाल घरेलु टोली बहराइनविरुद्ध जितको खोजीमा हुनेछ । बहराइन पनि पहिलो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले कतारसँग ३–१ गोल अन्तरको हार व्यहोरेको थियो ।
समूह ’बी’ मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । बहराइन १ खेलमा १ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
बुधबारको खेलपछि नेपालले आगामी आइतबार बगलादेशसँग खेल्नेछ ।
समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।
प्रतिक्रिया दिनुहोस्