Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


अर्थतन्त्र संकटमा पर्दा पनि सरकार उदासीन छः महामन्त्री पौडेल


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको खस्कँदो अर्थतन्त्र, बढ्दो महँगी र संकटग्रस्त जनजीविकाप्रति सरकार गम्भीर नबनेको आरोप लगाउनुभएको छ ।

शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले अर्थतन्त्रलाई सुधार गर्ने विषय सरकारको प्राथमिकमा नै नपरेको बताउनुभएको हो । नागरिकको आम्दानी र खर्चबीचको खाडल फराकिलो हुँदै गएको उल्लेख गर्दै उहाँले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारणको भान्सा प्रभावित भएको बताउनुभयो ।

साना तथा मझौला उद्यमी व्यवसाय सञ्चालन गर्न र बैंकको ऋण तिर्नसमेत नसक्ने अवस्थामा पुगेको उहाँको भनाई छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम उपलब्ध हुँदाहुँदै पनि लगानी विस्तार हुन नसक्नु चिन्ताको विषय भएको उहाँले बताउनुभयो । उहाँले पौडेलले अर्थतन्त्रको वर्तमान अवस्थाबारे यथार्थपरक विवरण सार्वजनिक गर्न पनि सरकारसँग माग गर्नुभयो ।

निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने, साना तथा मझौला उद्यमीका समस्या समाधान गर्ने, पूँजीगत खर्च बढाउने र जनजीविकाका सवाललाई प्राथमिकतामा राख्न उहाँले सरकारसंग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसले अर्थतन्त्रलाई सरोकार सरकारको प्राथमिक कार्यसूची बनाउन निरन्तर आग्रह गर्दै आएको छ । अर्थतन्त्रका विभिन्न समस्या र तिनको समाधानका उपाय बारे पटक पटक सरकारको ध्यानाकर्षण गर्दै आएको छ । तर अर्थतन्त्र र जीविकाका सवालप्रति सरकारको अपेक्षित गम्भीरता र संवेदनशीलता देखिएको छैन । आम नागरिकको आम्दानी र खर्च बीचको खाडल फराकिलो हुँदै गएको छ । दैनिक उपभोग्य वस्तुको वस्तुको महंगीले नागरिकको भान्छा थिचिएको छ । साना उद्यमी तथा व्यवसायीहरू व्यवसाय सञ्चालन गर्न र बैंकको ऋण तिर्न समेत कठिनाइ भोगिरहेको अवस्था छ । बजार अपेक्षित रूपमा चलायमान हुन सकेको छैन । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम उपलब्ध हुँदाहुँदै पनि लगानी बढ्न सकेको छैन । बैंकहरूको खराब कर्जाप्रतिको चिन्ता बढ्दो छ । निजी क्षेत्रको आत्मविश्वास कमजोर भएको छ । वैदेशिक रोजगारीमा जाने युवाले थप सास्ती भोग्नुपरेको छ । सहकारी पीडितका व्यथा, मल, बीउ, किसान, उद्यमी देखि श्रमिक सम्मका समस्या यथावत छन् । सरकारी पीडितका व्यथा, सहकारी पीडितका व्यथा, सरकारी बजेटको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सार्वजनिक सेवा प्रवाहमा अपेक्षित सुधार देखिएको छैन । भ्रष्टाचार नियन्त्रणमा संस्थागत र प्रणालीगत सुधारको अनुभूति नागरिकले गर्न पाएको अवस्था छैन । नागरिकलाई अहिले चाहिएको आड र भरोसा हो डर र त्रास होइन । गलत काम गर्ने जोसुकैलाई कानूनी कारबाही गर्नुपर्छ भन्नेमा नेपाली कांग्रेसको कुनै दुविधा छैन । तर तथ्य र प्रमाणका आधारमा अनुसन्धान गरेर कारबाही गर्ने भन्दा पहिले पक्राउ गर्ने, थुन्ने र त्यसपछि मात्रै आधार र प्रमाण खोज्ने प्रवृत्तिले उद्यमशीलता, लगानी र व्यवसायिक वातावरणलाई प्रतिकूल असर पुर्याउँछ । निजी क्षेत्र मात्र होइन राष्ट्रसेवक कर्मचारी समेत अनिश्चितता र त्रासका त्रासका कारण आवश्यक निर्णय लिन हिचकिचाउने वातावरण निर्माण भएको छ । प्रणाली निर्माण र संस्थागत सुधारबाट सुशासन स्थापित गर्नुपर्नेमा डर, द्रा दबाब र तदर्थ निर्णयबाट शासन सञ्चालन गर्ने प्रवृत्ति बढेको छ । कांग्रेसको मागः अर्थतन्त्रको वर्तमान अवस्थाबारे यथार्थपरक विवरण सार्वजनिक हुनुपर्दछ । अर्थतन्त्र चलायमान बनाउने समयबद्ध कार्ययोजना प्रस्तुत गरिनुपर्दछ । निजी क्षेत्रको आत्मविश्वास पुनस्र्थापित गर्न, साना तथा मझौला उद्यमीका समस्या सम्बोधन गर्न, पूँजीगत खर्च बढाउन, जनजीविकाको सवालमा केन्द्रित हुन तथा महंगी नियन्त्रण गरी आम नागरिकलाई तत्काल राहत दिन नेपाली काँग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’

बढ्दो महँगी नियन्त्रण गरी आम नागरिकलाई तत्काल राहत उपलब्ध गराउन पनि काँग्रेसले सरकारसँग माग गरेको छ ।