नेपालको वरीयता यथावत « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


नेपालको वरीयता यथावत


494
Shares

काठमाडौं । नेपालको टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट वरीयता यथावत रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता यथावत रहेको हो ।

नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो ।

नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ । इंग्ल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ । यस्तै पाकिस्तान चौंथो, न्युजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेको छ ।