काठमाडौं, भदौ १० । पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले युरोपियन वर्ष खेलाडीको उपाधि जितेका छन् । स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका रोनाल्डोले आफ्नै क्लब एवं वेल्सका ग्यारेथ बेल र एथ्लेटिको मड्रिड एवं फ्रान्सका एन्टोनियो ग्रेजम्यानलाई पछि पार्दै उपाधि जितेका हुन् । रोनाल्डोले पोर्चुगललाई युरोकप जिताउनुको साथै रियल मड्रिडलाई युरोपियन च्याम्पियन्स लिगसमेत जिताएका…