‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनको पहिलो जित • Image Khabar Image Khabar


‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनको पहिलो जित


Imagekhabar
१० भाद्र २०७३, शुक्रबार ००:११

‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनको पहिलो जित

काठमाडौं, भदौ ९ । ब्वाइज युनियन क्लबले राजधानीमा जारी सहिद स्मारक रेडबुल ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

सशस्त्र प्रहरी मुख्यालयको खेल मैदान हलचोकमा विहीबार भएको खेलमा ब्याइज युनियनले सामाजिक युवा क्लबलाई ३–१ ले हरायो ।

खेलमा ब्वाइज युनियलाई विजयी गराउन अभिषेक रिजाल, जय राई र मनीष थापाले एक–एक गोल गरे ।

पराजित टोली सामाजिकका लागि भुवन बस्नेतले एक सान्त्वना गोल फर्काए ।

जारी लिगमा पहिलो जितसँगै ब्वाइज युनियनले अंक तालिकामा तीन अंक जोडेको छ ।

यसअघि पहिलो खेलमा ब्वाइज युनियनलाई सातदोवाटो फुटबल क्लबले ३–० ले हराएको थियो ।

हारसँगै सामाजिक युवा क्लब भने अंकविहीन बनेको छ । पहिलो खेलमा सामाजिकलाई न्यूरोड टिम (एनआरटी)ले ६–१ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्