टुसाल र पुल्चोकबीचको एकै खेलमा ९ गोल • Image Khabar Image Khabar


टुसाल र पुल्चोकबीचको एकै खेलमा ९ गोल


Imagekhabar
८ भाद्र २०७३, बुधबार ०२:१५

टुसाल र पुल्चोकबीचको एकै खेलमा ९ गोल

काठमाडौं, भदौ ७ । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब र श्रीकुमारी क्लब विजयी भएका छन् ।

मंगलबार सशस्त्र प्रहरी मुख्यालय हलचोक मैदानमा भएको खेलमा टुसालले पुल्चोक युथ क्लबमाथि ५–४ को जित हासिल गरेको हो ।

त्यस्तै, मंगलबारै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा श्रीकुमारीले च्यासल फुटबल क्लवमाथि २–१ को जित निकाल्यो ।

मंगलबारै सशस्त्रको मैदानमा भएको अर्को खेलमा बाँसबारी युथ क्लब र महावीर क्लबले भने गोलरहित बराबरी खेलेका छन् ।

१४ टोली सहभागी लिगमा पहिलो चरणको समाप्तिसम्म न्यूरोड टिम (एनआरटी) शीर्ष स्थानमा रहँदा ६ टिमले अंकको खाता नै खोल्न सकेका छैनन् ।

शीर्ष दुई टिम ‘ए’ डिभिजनमा पुग्दा पुछारका दुई टिम रेलिगेसनमा पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्