नवयुग श्रेष्ठसहित तीन जनही ५० हजारसहित सम्मानित • Image Khabar Image Khabar


नवयुग श्रेष्ठसहित तीन जनही ५० हजारसहित सम्मानित


Imagekhabar
८ भाद्र २०७३, बुधबार ०३:१४

नवयुग श्रेष्ठसहित तीन जनही ५० हजारसहित सम्मानित

काठमाडौं, भदौ ७ । नेपाली सेनाका पूर्वमहासेनानी स्वर्गीय छत्रबहादुर थापाको नाममा समाजमा योगदान दिएका विभिन्न व्यक्ति तथा संघ–संस्थालाई सम्मान गर्न स्मृतिकोष खडा भएको छ ।

तीन भाइ छोराहरु पूर्वरथी एवं राष्ट्रपतिका सैन्य सल्लाहकार नेत्रबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा र सांसद गणेश थापाले बाबुको नाममा कोष खडा गरेका हुन् ।

सो कोषले हरेक वर्ष सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, खेलकुदलगायतमा योगदान पुर्‍याउने व्यक्ति वा संघ संस्थालाई सम्मान गर्ने जनाएको छ ।

मंगलबार राजधानीमा भएको कार्यक्रममा पहिलोपटक कोषले तीनलाई सम्मान गरेको छ ।

कोषले फुटबलमा योगदान दिएका राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठ, काठमाडौंको सोहल थापा समाज र तनहुँको गाउँसेवा कोषलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरेको कोषका सदस्य गणेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्