Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


बालेन शाह नेतृत्वको सरकार विपक्षी दलहरुको निशानामा (भिडियाे रिपाेर्ट)


91
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार विपक्षी दलहरुको निशानामा पर्न थालेको छ । प्रधानमन्त्री शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई विपक्षी दलहरुले दबाब दिन थालेका छन् ।

नेपाल भारत सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्ति र करका दरमा हेरफेर गरेको विषय नै सरकारका लागि भारी बनेको छ । यही विषय विपक्षी दलहरुका लागि विरोधको मसला बनेको छ ।

संख्याको हिसाबले शक्तिशाली मानिएको बालेन शाह नेतृत्वको सरकार विपक्षी दलहरुको तारो बनिरहेको छ । मुलुकलाई विकास र सुशासनसहित अघि बढाउन सरकार प्रतिवद्ध रहेपनि केही कुराहरुले भने सरकारमाथि दबाब बढेको छ । प्रधानमन्त्री बालेन शाह केही समय संसदमा उपस्थित नहुँदा विपक्षी दलहरु आक्रामक बनेका थिए ।

प्रधानमन्त्री शाहले संसदमा उपस्थित भएर नेपाल भारत सीमा विवादबारे दिएको अभिव्यक्तिले विपक्षीलाई थप मसला बनायो । अझैंपनि यो विषय मत्थर भइसकेको छैन । प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएपनि विपक्षी दलहरुले अवरोध कायमै राखेका छन् । विपक्षी दलहरु प्रधानमन्त्री स्वयंम उपस्थित भएर सो अभिव्यक्तिबारे माफी माग्नुपर्ने अडानमा छन् ।