Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


एसीसी महिला टी-२० प्रिमियर कप क्रिकेटमा थाइल्याण्डकाे नेपालमाथि शानदार जित

एशिया कप खेल्ने नेपालको सपना अधुरै

13
Shares

काठमाडाैं । एसीसी महिला टी-२० प्रिमियर कप क्रिकेट अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा थाइल्याण्डले नेपाललाई पराजित गरेकाे छ ।


मलेसियाको राजधानी क्वालालम्पुरको वायुमास ओभलमा बुधबार भएको खेलमा थाइल्याण्डले नेपाललाई ५६ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे । टस जितेर पहिले व्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३० रन बनाएकाे छ।

उसका लागि नन्नापत खोचारोन्काईले अविजित ६२ रन जोडेकी हुन् । नेपालकी कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्री बेलबासेले एक एक विकेट लिएका थिए । जवाफमा १ सय ३१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि रुबिना क्षेत्रीले अविजित २० रन बनाउनुबाहेक अन्य सबै ब्याटरले बिर्सनलायक प्रदर्शन गरेका थिए। यो हारसँगै नेपालको एशिया कप महिला टी-२० खेल्ने सपना पनि अधुरै रह्यो । जारी प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चार वटा टोलीले एशिया कप खेल्न पाउने भएका छन् ।