काठमाडौं, कात्तिक १३ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् शनिबार भएका खेलहरुमा किकअफ फुटसल र सामाखुसी फुटसल विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत् समूह ‘ए’को खेलमा किकअफले ढुकु फुटसल हबलाई ४–२ ले पराजित गर्यो । किकअफलाई जिताउन प्रवेश जोशीले ह्याट्रिक गरे । प्रतियोगिताको एकमात्र अपराजित टोली किकअफले पाँच खेलसम्म आफ्नो विजयी यात्रा जारी राख्न सफल भएको…