बंगलादेशमा अन्तर्राष्ट्रिय क्लब फुटबल खेल्न जाने मनाङ–मर्स्याङ्दी क्लबका खेलाडीको बिदाइ • Image Khabar Image Khabar


बंगलादेशमा अन्तर्राष्ट्रिय क्लब फुटबल खेल्न जाने मनाङ–मर्स्याङ्दी क्लबका खेलाडीको बिदाइ


Imagekhabar
३ फाल्गुन २०७३, मंगलवार १६:३५

बंगलादेशमा अन्तर्राष्ट्रिय क्लब फुटबल खेल्न जाने मनाङ–मर्स्याङ्दी क्लबका खेलाडीको बिदाइ

मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै मनाङ–मर्स्याङ्दीले शेख कमल अन्तर्राष्ट्रिय क्लब कप खेल्न जाने आफ्ना खेलाडी तथा अफिसियलहरुलाइ बिदाइ गरेको हो ।

आगामी फागुन ७ गते देखि सुरु हुने प्रतियोगितामा विभिन्न राष्ट्रका ८ फुटबल क्लबहरुले प्रतिस्पर्धा गर्दैछन् ।

मनाङ–मर्स्याङ्दी रहेको समूह ‘बी’मा बंगलादेशका दुई तथा अफगानिस्तानका एक क्लब रहेका छन् ।

समूह ‘ए’मा बंगलादेशका दुई, माल्दिभ्स र दक्षिण कोरियाका एक–एक टोली रहेका छन् ।

बिदाइ कार्यक्रममा बोल्दै मनाङका कप्तान अनिल गुरुङले पछिल्लो समय टोली फर्ममा रहेको र शसक्त रहेको भन्दै सुखद् नतिजा निकाल्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्